बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जना पक्राउ

मंगलबार, चैत्र २० २०८०

चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडास्थित सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय रेल कुमार तामाङको रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक तामाङ समेत २० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।