बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ब्रम्हायणी नदिमा बेपत्ता भएकाको शव

बुधबार, चैत्र ७ २०८०

 

तीन दिनदेखि हराईरहेका ५० बर्षिय बीरबहादुर बि।क।को शव सशस्त्र प्रहरीको गोताखोरले ब्रम्हायणी नदिमा फेला पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–२ कल्लेरी बस्ने बि।क।को चैत्र ४ गते अपरान्ह सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदि किनारामा मोवाईल, घडी र स्टकोट फेला परेको थियो ।

घटनाबारे जानकारी पाएपछि नं। १६ गण सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो । सो टोली संगै उनको खोजीको लागि नं। २० विपद् उद्धार गण सिनामंगलबाट ७ जना गोताखोरसहित १६ जनाको फौज परिचालन गरिएको थियो ।
गोताखोरले मंगलबार दिउँसो बेपत्ता पुरुषको शव सो नदिको करीव २० फिट गहिराईबाट निकालेको हो ।