बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

करिब १ सय ३८ किलो गाँजा बरामद

मंगलबार, चैत्र ६ २०८०

 

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा मौहुवा नहरबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले ३ वटा बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका–११ श्यामपुरस्थित परालको टालबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो सोमबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा २ वटा प्लास्टिकको बोरामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।