काठमाडौं । सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ठगी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ बाट तीन जनालाई पक्राउ गरेको छ ।
विपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने एकजना महिलासहित अनलाइन ठगीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ मंगलबार साँझ पक्राउ गरेको हो ।
स्थानीय विपन्न परिवारलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं बस्दै आएकी २३ वर्षीया सुनिता खत्रीले आर्थिक सहयोगका नाममा ठगी गरेको प्रहरीको भनाइ छ ।
उनले ‘डब्लु बिएससी’ कम्पनीबाट गरिब र असहायलाई आर्थिक सहयोगको लागि आएको भनी प्रतिव्यक्ति १ हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।