काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनाएको नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीभित्र भाँडभैलो सुरु भएको छ । वामपन्थी पार्टीहरुको गठबन्धनबाट सरकार बनेका कारण नयाँ गठबन्धनको पक्षमा उभिनुपर्छ भन्ने नेताहरुको एउटा समूह बनेको छ भने कांग्रेससँग मिलेर जानुपर्ने अर्को समूह खडा भएको स्रोत बताउछ ।
सार्वजनिक रुपमा नै सरकारको आलोचना गरेर एकीकृत समाजवादीका सांसदहरुले एमाले र माओवादीको गठबन्धनमा मिल्न नहुने बताइरहेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितको ठूलो पंक्ति भने नयाँ गठबन्धनको पक्षमा खरो रुपमा उत्रिएका छन् ।
पार्टीले निर्णय गरेर सरकारमा सहभागी हुने वातावरण बनाउने भूमिकासमेत खनाललगायतका नेताहरुले गरेका थिए । त्यसको अलवा वक्तव्य निकालेर नै खनालले नयाँ गठबन्धनको समर्थन गरेका थिए । तर, प्रमुख सचेतक समेत रहेका मेटमणि चौधरी, सांसद अम्मरबहादुर थापासहितका केही नेता र सांसद भने नयाँ गठबन्धनको विपक्षमा उभिएका छन् । यो समूहलाई साथ दिनेमा भने उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु रहेको पनि बताइएको छ । पाण्डेले सुरुमै सरकारमा जान नहुने मत राखेको एस स्रोतको भनाइ छ ।
तर, पार्टीको सचिवालयमा पाण्डेको समूह अल्पमत परेपछि सरकार जाने निर्णय भएको थियो । सरकारमा जान नहुने र कांग्रेससँग मिलेर जानुपर्ने पाण्डेको भनाइसँग मिल्ने गरी चौधरी, थापासहितको टोली उभिएपछि अहिले एसभित्रको माहोलन नै फरक बनेको छ । सुरुमा अध्यक्ष माधव नेपाल पनि प्रचण्ड र केपी ओलीसँग रुष्ट थिए । प्रचण्डले आफूलाई जानकारी नै नदिई केपी ओलीसँग मिलेको भन्दै रुष्ट बनेका नेपाल पार्टीभित्रको दवावका कारण नयाँ गठबन्धनमा जोडिन बाध्य भए ।
पार्टीको ठूलो पंक्ति चाहिँ वामपन्थीको गठबन्धन सरकारमा किन सहभागी नहुने रु कि एस वामपन्थी पार्टी होइन् भन्नु प¥यो भन्दै गम्भीर प्रश्न उठाएका थिए । त्यतिमात्र होइन, पछिल्ला दिनमा पार्टी चलाउन नै नेपाललाई समस्या भइरहेको छ । एसभित्रको ठूलो पंक्ति एमालेसँग मिल्नुपर्ने पक्षमा रहेको छ । त्यसलाई टारेर जाने हैसियत नेपालले गुमाउन थालिसकेका छन् । त्यसैले पनि नयाँ गठबन्धनमा सामेल हुने निर्णयमा अध्यक्ष नेपाल पुगेको एस स्रोतको भनाइ छ ।
तर, एमालेविरुद्ध अझै पनि चर्को आवाज गरिरहेका राजेन्द्र पाण्डे, चौधरीसहितको टोली भने नयाँ गठबन्धनकै विपक्षमा रहेका छन् । उनीहरु प्रचण्डलाई विश्वासको मत दिन नहुनेसम्मको तर्क गरिरहेका छन् । चौधरी, थापा र पाण्डेको रिस भने मन्त्री हुन नपाएको हो भन्ने पनि एसभित्र रहेका छन् । वाम गठबन्धनमा मिल्नुपर्ने पक्षमा माहोलन बनाउन सक्रिय रहेका सांसद किसान श्रेष्ठलाई अन्तिम समयमा नेपालले मन्त्री नबनाएपछि उनी पनि रुष्ट रहेका छन् । पहिला नै बचन दिएका नेपालले श्रेष्ठलाई पन्छाएर धनबहादु बुढालाई मन्त्री बनाएका छन् । विवादास्पद पृष्ठभूमिका र स्वार्थ बाझिने गरी शहरी विकास मन्त्री बनाएका छन् ।
सांसद प्रेम आलेको टीमका बुढालाई आर्थिक लाभमा मन्त्री बनाएको एसभित्र चर्चा भइरहेको छ । त्यसो त, शिक्षा समितिको सभापति रहेका भानुभक्त जोशीलाई मन्त्री बनाएको प्रति पनि असन्तुष्टि रहेको छ । उनले पहिला मन्त्री हुन खोजेका थिए, मन्त्री नपाएपछि उनलाई समितिको सभापति बनाइएको थियो । अहिले सभापति छोडेर मन्त्री दिएपछि माधव नेपालको नियतमै प्रश्न उठाउन थालिएको हो । अहिले जसरी नेपालको नियतमा प्रश्न उठिरहेको छ त्यसले एसको भविष्य संकटमा परेको सन्देश पनि दिइरहेको नेताहरु बताउँछन् ।
एसका एकथरी नेताहरु जसरी पनि एमालेमा मिल्नुपर्ने तर्क गरिरहेका छन् । एमाले पनि सांसदहरुको टोली एमालेमा मिसाउने र संसदको ठूलो पार्टी बन्ने रणनीतिमा रहेको छ । एमालेको रणनीति सफल भएमा एस बढीमा एक वर्षमात्रै रहने पनि बताइन्छ । एसभित्र एमालेमा जाने हतारोले एमालेको रणनीति सहजै पूरा हुने अनुमान पनि भइरहेको छ ।
-साँघुबाट