आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

बिहिबार, फाल्गुन २४ २०८०

नेपाल राष्ट्र बैकले आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्नै तयारी गरेको छ । राष्ट्र बैंकका अनुुसार यही फागुन २९ गते मंगलबार अपरान्ह तीन बजेसम्ममा बोलकबोलका माध्यमद्धारा आठ बर्षे अवधिको बिकास ऋणपत्र २०८८ “झ” (८ वर्षे) बिक्री गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ । राष्ट्र बैंकका अनुसार निष्काशन मिती २०८० फागुन ३० गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८८ फागुन ३० गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकको भनाई छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् छ अर्ब ८० करोड र एक अर्ब २० करोड रुपैंयाँ छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्ने राष्ट्र बैंकको भनाई छ ।