मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

भक्तपुर जिल्लाका डीएसपी पाठकले सेवाग्राहीलाई दुव्र्यवहार गरको आरोप

मंगलबार, फाल्गुन २२ २०८०

भक्तपुर-

पुलिस रिर्पोटको बारेमा छलफल गर्न जादाँ आफुहरुलाई भक्तपुरका डीएसपी बसन्त पाठकले दुव्र्यवहार गरेको केही युवाहरुले आरोप लगाएका छन् ।
राष्ट्रिय संचार केन्द्रको कार्यालय गठ्ठाघरमा मंगलबार पत्रकार सम्मेलन गर्दै पीडीतले सेवा लिन प्रहरीकोमा जादाँ अपमानित हुनु परेकोमा दुःख व्यक्त गरेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरमा आइतबार चाँगुनारायण नगरपालिका वडा नं. ६ का कृष्ण वाइवा आफ्ना छिमेकी विनोद तामाङ्गको पुलिस रिर्पोट बारेमा कुरा गर्न गएका थिए ।

उक्त क्रममा केही मिनेट हुन नपाउदैं आफुलाई प्रहरी लगाएर बाहिर निकाल्न भन्दै डीएसपी पाठक चर्को स्वरमा कराएको कृष्ण वाइवा पत्रकार सम्मेलनमा बताए । “तैले के गर्न सक्छन गर” भन्दै “डीएसपी सरले हामीमाथी दुव्र्यवहार गर्नु भयो,” वाइवाले भने ।
तेरो मानिसको भविष्य मैले बिगारेको हो र भन्दै तथानाम बोलेको वाइवाको आरोप छ । नगरकोटमा एकै नाम गरेका धैरे मानिस भएकाले को अपराधमा संग्लन छ, को छैन भन्ने प्रहरीले छुट्टाउनु पर्ने उनीहरुको माग रहेको छ । केही समस्या परेर पुलिस कहाँ जादाँ जनता सुरक्षित हुदैंनन् भने कहाँ जाने ? उनले प्रश्न गरेका छन् ।

६ वर्ष अगाडीको घटनामा संग्लन आरोपितहरु अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संग्लन व्यक्तिसंग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिर्पोट नदिएको पीडित युवा विनोद तामाङ्गको भनाई छ ।

विगतमा एक पटक आफु पुलिस रिर्पोट बनाएर साइप्रस समेत गएर आएको र अब पनि विदेश जानेक्रममा पुलिस रिर्पोट लिन जाँदा यस्तो भएको विनोदको भनाई छ ।“नाम मात्रै मिलेको भएर मलाई दुःख दिइनु राम्रो होइन,” विनोदले भने ।
पीडितले सेवाग्राहीमाथी दुव्र्यवहार गर्ने प्रहरी अधिकृतलाई आवश्यक कारवाही गरि जनताको सेवा पाउने अधिकारबाट बन्चित गर्नन सम्बन्धी पक्षसंग आग्रह गरेका छन् ।