मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पुनः बस्दै

शुक्रबार, फाल्गुन ४ २०८०

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पुनः बस्ने भएको छ ।

बिहीवार शुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गरेको पार्टीका नेता मिनबहादुर विश्वकर्माले बताए ।

उनले हिजोको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुनुभएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएको पनि नेता विश्वकर्माले बताए ।

केही जिल्लाहरुमा महासमिति सदस्य निर्वाचनमा केही सिमित ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको छ ।

बैठक आज बिहान ९ बजेबाट पुनः शुरु हुनेछ ।