काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियासामु १३३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । नामिबियासँग नेपाल १३२ रनमै अलआउट भएकाे छ । नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१ ओभर १ बलमा १३२ रनमा अलआउट भयो । नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गेर्हाट इरास्मसले ८.१ ओभर बलिङ गर्दै पाँच विकेट लिए । उनले मात्र २८ रन दिए ।
नेपालका लागि भीम सार्कीले ४४ रन खेले । गुल्सन झा २१ करन केसी १६ कुशल मल्ल १५ पवन सरार्फ १२ रन लिए भने अन्य ब्याट्सम्यानले दोहोर अंकको रन लिन सकेनन् ।