मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एमाले रौतहटको अध्यक्षमा साह विजयी

मंगलबार, फाल्गुन १ २०८०

रौतहट । नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। साह कुल १९३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मत प्राप्त गरे। उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित भए ।

यस्तै सचिव पदमा बाबुराम दाहाल, उपसचिवमा अवधेशकुमार यादव निर्वाचित भएका छन् ।

एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।