काठमाडौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । ४६ बलको सामना गरेका भुर्तेलले ८ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाएका छन् ।
टस जित्दै पहिला ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दाकोसम्म एक विकेटको क्षतिमा १४ ओभर खेल्दै ७१ रन बनाएको छ । हाल कप्तान रोहित पौडेल र भुर्तेल क्रिजमा छन् । रोहित पौडेलले ८ रन बनाएर खेलिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका थिए।
नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रका छन् ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।