मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

नापी कार्यालयका सर्भेक्षक एक लाख घुससहित पक्राउ

बिहिबार, माघ २५ २०८०

काठमाडौं । नापी कार्यालयका सर्भेक्षक रु एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो

आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना पाएपछि आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो ।