मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ

मंगलबार, माघ २३ २०८०

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेम पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् ।

भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘आज अदालतमा पेस गरेर अनुसन्धान अगाडि बढाउँछौं’, उनले भने ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्वरजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।