आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पुुनः १२ अर्ब रुपैयाँँको ट्रेजरी बिल बिक्री हुने

आइतबार, माघ २१ २०८०

आगामी सोमबार नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति भने माघ २३ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८१ साउन २२ गते र २०८१ माघ २२ गते तोकिएको राष्ट्र बैंकको भनाई छ । यसअघि यही माघ १५ गते पनि राष्ट्र बैकले १९ अर्ब १० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।