मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

विमानस्थलको कुटाकुट प्रकरणमा अध्यागमन अधिकृत र प्रहरी जवानलाई कारबाही सिफारिस

बिहिबार, माघ १८ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटना छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिस भएको छ ।

यसैगरी समितिले एक जना असईलाई निलम्बनका साथै विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार विहान कार्यालय समयमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जानेबेलामा विवाद भएको थियो ।
मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा उनले प्रहरीलाई धेरै सर्च किन गरेको भन्दै प्रश्न गरेपछि भएको विवादमा कुटाकुट समेत भएको थियो ।