काठमाडौं – आई.एम.ई. लाइप mइन्स्योरेन्स क. लि. को ब्राण्ड एम्बेसडरमा कलाकार दिपकराज गिरी र दिपाश्री निरौला नियुत्त mभएका छन् ।
शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रियस्तरको अभिकर्ता तालिम कार्यक्रमकाबीच दिपक राज गिरी, दिपाश्री निरौला र आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर गिरि र निरौलाले आई.एम.ई लाइफ इन्सोरेन्स कम्पनीसँग आवद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए ।