आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माछापुच्छ्रे बैंकले छ महिनामा कमायो ८० करोड ५३ लाख रुपैंयाँ खुद मुनाफा

शुक्रबार, माघ ५ २०८०

माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ८० करोड ५३ लाख ८० हजार आठ सय ९६ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २१ करोड रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब दुई करोड ५२ लाख ६२ हजार एक सय ३९ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार दुई सय ७३ रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा एक खर्ब ५२ अर्ब ४८ करोड ६२ लाख ५४ हजार चार सय १३ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब २२ अर्ब ९९ करोड १२ लाख ९० हजार नौं सय रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ६३ करोड ७४ लाख ९७ हजार नौं सय ७४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर भने तीन दशमलव ९९ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने २४ करोड ६९ लाख ८६ हजार एक सय ८८ रुपैैंयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ५४ अर्ब १७ करोड ९६ लाख ३१ हजार आठ सय २३ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब २५ अर्ब १३ करोड ७६ लाख ८२ हजार सात सय ९८ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ७९ करोड २९ लाख छ हजार तीन सय ८५ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २२ प्रतिशत रहेको थियो ।