सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

राजश्व छली गरेको अभियोगमा व्यवसायी नरेश अग्रवाल पक्राउ

शुक्रबार, माघ ५ २०८०

काठमाडौं । राजश्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले व्यवसायी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।

विभागको टोलीले गएराति क्षेत्रपाटीबाट छापा मारी २ करोड नगदसहित उनलाई पक्राउ गरेको हो ।

उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । गएराति कारोबार गरिरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको विभाग स्रोतले बतायो ।

अग्रवालसँगै थप २ जना सहयोगीलाई पनि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । अरु २ जनाको नाम भने खुलाइएको छैन ।