हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न भएकोे साधारण सभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा, वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीलेलघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीहरुको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको कुरा व्यक्त गरे । उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनी महानुभावहरु र नियामक निकायहरुको साथ र सहयोगको अपेक्षा सहित उपस्थित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफलता पूर्वक सम्पन्न गर्नको लागि सहयोग भएकोमा सम्पूर्णमा धन्यवाद समेत प्रकट गरे ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ ।