सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

विमानस्थलबाट एक किलो सुन बरामद

आइतबार, पुष २२ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

शनिबार राति १२:५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथबाट सो सुन बरामद भएको बताइएको छ ।

उक्त सुनसहित दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्कर पक्राउ परेको जनाइएको छ ।
यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।