आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल एसबिआई बैंक र ओम कृष्ण हष्पिटलबिच सम्झौंता

शुक्रबार, पुष २० २०८०

नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टिकापूर, कैलालीबिच सम्झौंता भएको छ । नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि मा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्नस्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाइं) बिच सम्पन्न भएको बैंकले जानकारी दिएको छ । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्ण प्रसाद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।