बर्दीबास । महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
आगजनीबाट प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
उपप्रमुख महतोको गौशाला १ रामनगरस्थित घर आँगनमा पार्किङ गरिएको अवस्थामा शनिबार राति गाडीमा आगजानी भएको प्रहरीले जनाएको छ।
घरका परिवारले राति करिव २ बजेतिर गाडीमा आगो लागेको देखेपछि इलाका प्रहरी प्रहरी कार्यालयलाई खबर गरेको उपप्रमुख महतोले जानकारी दिइन् ।
घटनाको खवर पाएपछि प्रहरीको टोली राति नै घटनास्थल पुगेको थियो ।
पेट्रोल छर्केर आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरी निरीक्षक यादवका अनुसार आगजनी कसले र किन गरेको स्पष्ट हुन सकेको छैन।