आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज यी प्रदेशमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना

शनिबार, पुष ७ २०८०

काठमाडौं । आज कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका १/२ स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १र२ स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन विभागले आग्रह गरेको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका पहाडी भेगका १र२ स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १र२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। कर्णालीका पहाडी भेगका १र२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १र२ स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।