आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत

शुक्रबार, पुष ६ २०८०

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका पारित गरेको हो ।

निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने जनाइएको छ ।

त्यस्तै सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका दलितबाहेक अल्पसंख्यक जनजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय पनि गरेको छ ।