आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बार्दली रेष्टुरेन्टमा चल्यो महानगरको डोजर

बिहिबार, पुष ५ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचना भत्काएको छ ।

बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।

यहाँनेर सडक साँघुरो हुँदा सवारी साधनको जाम हुने गरेको थियो ।

महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो ।

बार्दली रेष्टुरेन्टलाई आफैं संरचना भत्काउन भनेकोमा नमानेपछि महानगरपालिकाले डोजर चलाएको हो ।