आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन

बिहिबार, पुष ५ २०८०

काठमाडौं  । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन भएको छ । परराष्ट मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलको निधन भएको हो ।

हालसम्म रुसी सेनामा भर्ती भएका छ जना नेपालीको निधन भएको परराष्ट मन्त्रालयलले जनाएको छ ।

निधन भएका नागलको स्थायी ठेगाना भने खुलाइएको छैन । साथै, युक्रेनमा चार नेपाली नागरिकलाई बन्दी बनाइएको र उनीहरुको रिहाइका लागि कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार युक्रेनमा नेपाली नागरिक विवेक खत्री, विकास राई, सिद्धार्थ ढकाल र प्रतीक पुन बन्दी बनेका छन् ।