आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

बुधबार, पुष ४ २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ ।

समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो।

न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो।

संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम बुधबार अनुमोदन भएको हो।

सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएको थियो।

गत शुक्रबारदेखि उनीहरूको सुनुवाइ गरिएको थियो।