आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पाँच लाख घुससहित वडाध्यक्ष अख्तियारको फन्दामा

मंगलबार, पुष ३ २०८०

काठमाडौं । राको जीतपुर सिमरा उपमहानगर–३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित सोमवार दिउँसो पक्राउ गरेको हो।

सडक बनाउने क्रममा स्थानीय राजन उप्रेतीसँग घुसबापत लिएको पाँच लाख रुपैयाँसहित कार्की जितपुरस्थित जैसवाल होटलबाट पक्राउ परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ। कार्कीले भने दलाल माफियाहरुले योजना बनाएर आफूलाई फसाएको बताएका थिए ।

पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा एमाले पार्टीबाट निर्वाचित बनेका हुन्।