आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

आइतबार, पुष १ २०८०

काठमाडौं- पाँचथरको फिदिम नगरपालिका–४ गणेमान चोकमा मे.१च ६००८ नम्बरको पिकअपबाट लडेर पिकअपमा सवार हिलिहाङ गाउँपालिका–५ सुभाङ बस्ने ४८ वर्षीय प्रेम संग्रौलाको शनिबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको बासगढी नगरपालिका–९ लक्ष्मणा चोकमा भे.१ ख ३५५९ नम्बरको बसको ठक्करबाट साईकल यात्री गुलरीया नगरपालिका–१ खैरापुर बस्ने ७० वर्षीय हेलुवा थारूको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित सडकमा प्र.२–०३–००१ ख ५०९२ नम्बरको टिपरले प्र.२–०३–००४ प ७९०२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ४० वर्षीया कृष्ण माया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नारायणी अस्पतालमा विरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको एलएस न्युरो परवानिपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ सुब्बाकुनामा भे.१ क ११२२ नम्बरको बसले भे.३ प ९७४० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट बस्ने २६ वर्षीय मनोज सुनारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिको बर्दघाट नगरपालिका–१४ बेलानीस्थित सडकमा लु.५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने ४८ वर्षीय सुरज कुमार कोहारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको आदर्शकोतबाल गाउँपालिका–३ हरनहिया चोकमा प्रदेश–२–०३–००१ त ४६०६ नम्बरको ट्रयाक्टरले बा.७६ प ८७०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक आदर्शकोतवाल गाउँपालिका–४ हरनहिया बस्ने ४५ वर्षीय राम एकवाल प्रसाद यादवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यरो वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवनको माडी नगरपालिका–१ गर्दीमा बा.प्र.०३ ०४ प ८९१७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक माडी नगरपालिका–२ बस्ने ६० वर्षीय जीव लाल लुइटेलको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।