बाँके । बाँकेमा बोलेरोको ठक्करबाट एकजना प्रहरीको मृत्यु भएको छ । अन्य एक जना प्रहरी घाइते भएका छन् ।
विहिवार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै भे १ च ३४०७ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा उनीहरु घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागी अस्पताल लगिएको थियो । उपचारका क्रममा रुकुम पश्चिम मुसीकोट घर भई कोहलपुरमा कार्यरत ३२ वर्षिय प्रहरी जवान विशाल वलीको मृत्यु भएको छ ।
सोही घटनामा बर्दिया बाँसगढि नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षिय प्रहरी सहायक हवल्दार लालबहादुर बुढा क्षेत्रीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।