आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

शुक्रबार, मंसिर २९ २०८०

काठमाडौं । धनुषामा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जनकपुरधामबाट ढल्केवर जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार एक घाइते छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन्।

मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल ल्याइएको छ ।