काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल काण्ड सरकार र राजनीतिक संलग्नता भएको आरोप लगाएका छन् ।
तेह्रथुमको वसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड सरकार बनेपछि देशमा सुनदेखि एनसेलसम्मको काण्ड आएको बताएका । उनले भने, ‘एनसेल काण्ड सरकारको र राजनीतिक संलग्नता छ। अब चार वर्षपछि एनसेल आफै नेपालको नाममा आउँदै छ। तर, सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीको मोलमा नामसारी गरेर, कमसन तन्त्रको जालोमा पारेर देशलाई खर्बौको नोक्सानी पुर्याइएको छ । सरकार बोल्न सकेको छैन। यस्तो अवस्थाबाट देशलाई कसरी मुक्त गराउँने भन्नेमा एमाले गम्भीर छ ।’
उनले पहिचानवादीलाई संकेत गर्दै संवैधानिक र संवादको बाटोबाट टुंग्याउनु पर्ने कुरालाई पार्टी र व्यक्तिलाई केन्द्रित गर्न खोजेकोप्रति असन्तुष्टि जनाए । शान्तिपूर्ण ढंगले आफ्नो विचार राखेर संवैधानिक बाटोबाट समाधान गर्न आग्रह गरे। गलत बाटोबाट कोहीपनि सही ठाउँमा नपुग्ने बताए ।