काठमाडौं- फोनपेले, आफ्नो संचालित समितिको अध्यक्षको रुपमा सशीन जोशीलाई नियुक्त गरेको छ । साथै, मङ्सिर २७ गतेका दिन उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट शपथ लिई पदाभार ग्रहण गरेका छन् ।
यसअघि उहाँ फोनपेको स्वतन्त्र संचालकको रुपमा आवद्ध रहेका थिए । सशीन जोशी, जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरकोरुपमा परिचित रहेका छन् । करिव दुई दशक भन्दा बढि समय उनी नेपालको प्रमुख बैंकिङ् संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । जोशीका अनुसार, “फोनपे जस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफुलाई निकै खुसी लाग्नुको साथसाथै नयाँ अनुभव समेत हुने बताए ।
अध्यक्षको रुपमा आफुले फोनपे संस्थालाई अझै बढि सवल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए ।
फोनपे बारे :
फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटरः पि एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो । फोनपेले अन्तर–बैंक व्यक्ति–देखि–व्यक्ति (पर्सन टु पर्सनः पि टु पि) र व्यक्ति– देखि–व्यवसायी (पर्सन टु मर्चेन्टः पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ ।
नेपालमा आइ एस ओ २७००१ : २०१३ प्रमाणित फोनपेले बैंक र वालेट ग्राहकहरू साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान गरिरहेको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरू ल्याउनमा केन्द्रित छ ।