आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

बिहिबार, मंसिर २८ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका खाँणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।

यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाँणको विषयमा न्यायाधीशबीच मतभेद देखिएको थियो ।

उक्त निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुनेगरी पेसी तोकिएको थियो । आजको सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ ।

मंसिर १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले धुनामै राख्नुपर्ने आादेश राखेका थिए । त्यहीकारण आगामी आज तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।

१५ मंसिरमा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।