काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–५ पालुबारीस्थित सडकमा बा.प्र०२–०३९ प १०५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएकी ७६ वर्षीया खड्क माया खत्रीको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शुस्मा कोईराला मेम्मोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संखुवासभाको मकालु गाउँपलिका–३ नयाँ बस्तीस्थित सडकमा प्र.१–०२०५२ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोटखोला गाउँपालिका–२ रूकमा बस्ने ४५ वर्षीय कान्छा लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ केन्द्र नुममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–९ घुर्मीमा स.१ त ५७०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया अनिता देवी शर्मा ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।