आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एनसेलविरुद्ध अमरेशले दायर गरेको रिट न्यायाधीश सुवेदीको इजलासमा

बुधबार, मंसिर २७ २०८०

काठमाडौं । एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिट आज सुनुवाइ हुँदैछ ।

आइतबारदेखि लगातार हेर्न नभ्याइनेमा पर्दै आएको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको छ ।

शुक्रबार रिट दर्ता गरेका सांसद सिंहले एनसेलको सबै प्रक्रिया रोक्न माग गरेका छन् । उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मी, सोमबार विनोद शर्मा र मंगलबार प्रकाशकुमार ढुंगानाको इजलासमा परेपनि तीनैदिन हेर्न नभ्याईनेमा परेको थियो ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ ।

सांसद सिंहले सेयर खरिद बिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका थिए ।

स्वतन्त्र सांसद सिंह एनसेल खरिद बिक्रीविरुद्ध सर्वोच्चमा परेको मुद्दामा आफैँ बहस गर्ने तयारीमा छन् ।