काठमाडौं । संघीय संसद्को महासचिव पदमा डा.पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ ।
िसअघि संघीय संसद्को महासचिवका रहेका डा भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । २०७७ सालमा नियुक्त भएका गौतमले कार्यकाल सकिनुअघिनै राजीनामा दिएका हुन् । उनकाे कार्यकाल भदाैमा सकिँदै थियाे ।
उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका हुन् ।
पाण्डे हाल प्रतिनिधिसभा सचिव हुन् ।
डा.गौतमले अवकाशको समय नजिकिएपछि राजीनामा दिएका हुन् । एमाले निकट गौतमले राजीनामा दिएपछि सत्तारुढ दलनिकट पाण्डेलाई महासचिवमा नियुक्त गर्न सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सिफारिस गरेका हुन् ।