आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एनसेलविरुद्ध अमरेश सिंहकाे मुद्दा न्यायाधीश शर्माको इजलासमा

सोमबार, मंसिर २५ २०८०

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी परेको छ ।

यसअघि उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजालासमा परेको रिट निवेदन हेर्न नभ्याइनेमा परेको थियो ।

सांसद सिंहले गत शुक्रबार सर्वोच्चमा रिट हालेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए।

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।