आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जसपाको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्ने

सोमबार, मंसिर २५ २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ ।

राष्ट्रिय सभाको निर्वाचनमा हुन सक्ने गठबन्धन र उम्मेदवार छनौटलगायत समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा उक्त बैठक बस्नेछ ।

जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सोमवारको बैठकमा राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा छलफल हुनेछ ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।