आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

लामिछानेविरुद्धको बलात्कार मुद्दा पाण्डेयको इजलासमा

आइतबार, मंसिर २४ २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । सन्दीपविरुद्धको सो मुद्दाको पेसी आइतबार न्यायाधीश पाण्डेयको इजलासको पहिलो नम्बरमा परेको छ ।

सो मुद्दामा वादी र प्रतिवादी दुवै पक्षले बहस नोट बुझाइसकेका छन् । तर, पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको थियो ।

आइतबार बहस नोट बुझाएपछिको पहिलो पटक पेसीमा चढेको हो।