आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रोकिएन सुन तस्करी : विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

आइतबार, मंसिर २४ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका इजिप्टका नागरिक रहेका बताइएको छ ।

पक्राउ परेका इजिप्टीयन नागरिक एफ जेट ५७३ फ्लाइबाट शनिबार राति ११ बजेर ५१ मिनेट ल्याण्ड भएका थिए ।

उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेकाे अवस्थाबाट पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले बताए ।

साथै शंकास्पद दुईजना सुडानी नागरिक पनि पक्राउ परेका र  उनीहरुमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

दुई दिनअघि पनि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए ।

१४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बरामत १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो ।

१४ किलो तस्करीमा चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखाका अर्का मिनबहादुर घलेलाई समेत पक्राउ गरिएको छ । विशेष सुराकिको आधारमा भन्सारको सुक्ष्म निगरानीका कारण भन्सार विभागले विमानबाट नै नियन्त्रणमा लिन सफल भएको थियो ।