आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सिन्धुपाल्चोक हुँदै काभ्रेपलाञ्चोक पुग्ने

नुवाकोटवासीको उत्साह बट्टारमा भब्य स्वागत

आइतबार, मंसिर २४ २०८०

काठमाडौं । नेकपा (एमाले) को पुष्पलाल मध्य पहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट– चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ आज नुवाकोटबाट सिन्धुपाल्चोक, थकनी, बाहुनेपाटी हुँदै काभ्रेपलाञ्चोक पुग्ने भएको छ ।

समृद्धिका लागि संकल्प यात्रामा रहेको एमालेको टोली हिजो राति नुवाकोट आइपुग्दा त्यहाँ भब्य स्वागत गरिएको थियो।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली नुवाकोटको बट्टार आइपुग्दा चार घण्टादेखि कुरेर बसेका स्थानीयवासीले भब्य स्वागत गरेका थिए । उक्त टोली करिव १० बजे त्यहाँ आइपुग्दा पनि नुवाकोटवासीको बाक्लो उपस्थिति थियो ।

टोलीको स्वागतका लागि स्थानीयवासी चिसोको कुनै पर्वाह नगरी बसेका थिए ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आज नुवाकोटको बट्टारबाट अघि बढेको टोलीले बाहुनेपाटीमा बिहानको खाना खाने, छहरेमा भेटघाट र मण्डन, कुन्तावेसीमा आमसभा गर्ने तयारी छ ।

आजको वासस्थान काभ्रेको धुलिखेलमा हुने प्रमुख गौतमले जानकारी दिए । आजको यात्रा ८२ किलोमिटर हुनेछ ।

यसअघि आज बिहान मेलम्ची नगरपालिका(१२ बाहुनेपाटीमा स्वागत कार्यक्रमपछि दिउँसो कुन्ताबेसीमा आमसभाको आयोजना गरिएको छ ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको संयुक्त आमसभा मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेसीमा आयोजना गरिएको हो । आमसभामा एमालेको काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका एमाले नेता कार्यकर्ता कुन्ताबेसीमा भेला हुने नेकपा एमाले काभ्रेपलाञ्चोकका सचिव राजन भुर्तेलले जानकारी दिए ।