काठमाडौं- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म संचालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. सहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो ।
उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरे ।

