आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

शिक्षण पेसादेखि कुशल प्रशासकसम्म विनोद लामिछाने

बुधबार, मंसिर २० २०८०

काठमाडौं । १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरूमा विनोद लामिछाने, खिम बहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णु प्रसाद पौडेल, रामबाबु पुरी, केशवराज ढकाल र कमान सिंह खत्री रहेका छन्।

यसैगरी विष्णु प्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिगांस अधिकारी पनि बढुवा सिफारिसमा परेका छन्।

सहसचिवको बढुवा सिफारिसमा परेका मध्ये विनोद लामिछाने काभ्रे जिल्लाका हुन् । असल तथा कुशल छवि भएका लामिछाने कुनै बेला शिक्षण पेशामा आबद्ध थिए । उनी त्यो बेलाको विकट मानिएको प्रभा उच्च माध्यमिक विद्यालयमा शिक्षण पेशामा थिए । पछि उनले लोकसेवा पासगरी निजामति सेवामा प्रवेश गरेका हुन् ।

लामिछानेसँग आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग, विमानस्थल भन्सार कार्यालय लगायत सम्बेदनशिल ठाउँहरुमा काम गरिसकेको अनुभव छ ।

प्रशासनिक काममा निक्कै अब्बल मानिएका लामिछाने ज्ञान र क्षमतामा निक्कै निपूर्ण र आफ्ना साथी सर्कलसँग पनि लोकप्रिय मानिन्छन् । सहसचिवमा बढुवा सिफारिसमा परेका लामिछानेसँग टिमको प्रतिनिधित्व गरी विभिन्न देशमा भएका सेमिनार, गोष्ठि लगायतका कार्यक्रममा सरिक भएको अनुभव समेत छ ।