आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ

मंगलबार, मंसिर १९ २०८०

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो ।

गत कार्तिक २७ बाट नेपाल सरकारले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको’ भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पादकहरुसँग कुरा गर्दै टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको र मर्यादामा आँच आएकाले सरकार बाध्य भएर प्रतिबन्धको निर्णयमा पुगेको दावी गरेका थिए । उनले टिकटिकमाथिको प्रतिबन्ध आफ्नो नभएर सत्तारुढ अन्य दल र प्रमुख प्रतिपक्षको इच्छा मुताविक भएको समेत बताएका थिए ।