आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

सोमबार, मंसिर १८ २०८०

आफ्नै श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको अभियोगमा धुनिवेशी नगरपालिका–४ जिबनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

रामचन्द्रले सोही नगरपालिका–१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जिबनपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । तत्काल फरार रहेका रामचन्द्रलाई खोजी गर्ने क्रममा धुनिवेशी नगरपालिका–७ खानीखोला बजारमा फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।