आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु पछि आक्रोशित स्थानीयले लगाइदिए बसमा आगो

शनिबार, मंसिर १६ २०८०

रुपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा शनिबार विहान स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।

दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन्।

आगोले बस पूर्ण रुपमा क्षति भएको छ।