आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण:

टोपबहादुर जेलमै रहने, छोरा सन्दीप ३० लाख तिरेर छुट्दै

शुक्रबार, मंसिर १५ २०८०

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अदालतले अस्वीकार गरेको छ ।

उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै रायमाझीलाई छाड्न अस्वीकार गरेको हो । शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश दिएको हो ।