आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अवैध लागूऔषध सहित दुई जना पक्राउ

बुधबार, मंसिर १३ २०८०

दुर्गाथली गाउँपालिका–४ आमरुखबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ६ केजी६० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका–९ बस्ने २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही गाउँपालिका–८ बस्ने २८ वर्षीय सुनिल बोहरारहेका छन् ।

ईलाका प्रहरी कार्यालय दुर्घाथलीबाटखटिएको प्रहरीले सु.प.प्र.०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।