आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विभिन्न धनमाल चोरी

बुधबार, मंसिर १३ २०८०

कृष्णनगर नगरपालिका–२ कृष्णनगर बस्ने ६१ वर्षीय राम सेवक त्रिपाठीको घरबाट कोही नभएको अवस्थामा च्यानल गेटको ताल्चा फोडेर नगद ५ लाख रूपैयाँ र सुनको विभिन्न गहना गरी करिब २८ लाख ७१ हजार ४ सय ७५ रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

घरका सदस्य मंसिर ११ गते आफन्तकोमा गएर १२ गते घर फर्किए पश्चात उक्त धनमाल चोरी भएको थाहा हुन आएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।